ट्वीटरसँगको ‘युद्ध’ पछि सामाजिक सञ्जाल कम्पनी नै बन्द गर्ने ट्रम्पको चेतावनी

ट्वीटरसँगको ‘युद्ध’ पछि सामाजिक सञ्जाल कम्पनी नै बन्द गर्ने ट्रम्पको चेतावनी
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् । ट्वीटरले उनको ट्वीटमा तथ्य–जाँच राखेपछि ट्रम्प आक्रोशित भएका हुन् ।

उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिँदै ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाए ।

ट्रम्पको पछिल्लो ‘युद्ध’ मुलतः ट्वीटरसँग केन्द्रित भएको छ । आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्वीटरलाई ट्रम्पले सिएनएन र द वासिङ्गटन पोस्टसँग दाँजेका थिए ।

ट्वीटरले आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्रम्पले मंगलबार राति चेतावनी दिँदै ट्वीट गरे, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ।’

त्यसपछि बुधबार बिहान उनको आक्रोश झन बढ्यो । उनले दुई ट्वीटमा सामाजिक सञ्जाल ट्वीटरलाई आक्रमण गरे ।

उनले लेखेका छन्, ‘रिपब्लिकनहरुलाई लागेको छ कि सामाजिक सञ्जालहरुले कन्जभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेका छन् । हामीले कडा नियमन गर्ने छौँ वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द गर्ने छौँ ।’

उनले अघि लेखेका छन्, ‘सन् २०१६ मा उनीहरुले के गर्न खोजे भन्ने हामीले देखेकै हो तर उनीहरु असफल भए । त्यस्तो पुनः हुन दिँदैनौँ । जस्तो कि हामीले बिस्तारित स्तरमा हुलाक मार्फत मतदान गर्ने व्यवस्था पनि हुन दिने छैनौँ ।’

यो पनि पढ्नुहोस्

ट्रम्पका भ्रामक र गलत आरोपसहितका ट्वीटमा राख्न थाल्यो ट्वीटरले ‘फ्याक्ट–चेक’

ट्रम्पका भ्रामक र गलत आरोपसहितका ट्वीटमा राख्न थाल्यो ट्वीटरले ‘फ्याक्ट–चेक’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?