के साउने सोमबारमा पशुपति मन्दिर खुला हुने सम्भावना छ?

के साउने सोमबारमा पशुपति मन्दिर खुला हुने सम्भावना छ?
+
-

काठमाडौँ – भगवान शिवको पूजा तथा दर्शनका लागि विशेष रुपमा लिइने साउने सोमबार यो वर्ष अघिल्ला वर्षको जस्तो विशेष नहुने भएको छ । पशुपति क्षेत्रमा भक्तजनले आफू उपस्थित भएर दर्शन तथा पूजा आराधना गर्न यो वर्ष पाउने छैनन् ।

कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउन र मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको पहिलो सोमबार (भोलि साउन ५ गते) का लागि विशेष व्यवस्था नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका प्रवक्ता भोला सिटौलाका अनुसार साउने सोमबार पनि नित्य पूजा मात्रै हुने र दर्शनार्थीका लागि खुला गरिने छैन ।

उनले देश सञ्चारसँग भने, ‘अहिलेको परिस्थिति विषम छ । सरकारले लागु गरेको नियम मान्नु हाम्रो पहिलो प्राथमिकता हो । सरकारले मठ मन्दिर खुला गर्ने स्वीकृति दिएको छैन । सोही कारण यो वर्षको साउने सोमबार पशुपतिनाथ भक्तजनका लागि खुला हुँदैन ।’

उनले थप प्रष्ट पार्दै भनेका छन्, ‘अहिले मन्दिर बन्द छ । सोमबार पनि खुला हुँदैन । तर सरकारले मन्दिर खुला गर्ने निर्णय गरेमा साउनका अरु सोमबार दर्शन गर्न पाइने हुन सक्छ । त्यसका लागि हामीले तयारी गरेका छौँ ।’

पशुपतिनाथ मन्दिरको गजूर

त्यसका लागि भौतिक दूरी कायम हुने गरी लाइन बस्ने व्यवस्था मिलाउन गोलो घेरा बनाइएको उनले जानकारी दिए । मन्दिर खुला भएपछि पनि सरकारी मापदण्ड अनुसार काम हुने बताउँदै उनले पश्चिम गेटको सानो द्वारबाट पस्ने र ठूलो गेटबा निस्कने गरी तयारी गरिएको जानकारी दिएका छन् ।

मन्दिर खुलेपछि पहिलो प्राथमिकता दर्शनका लागि दिइने कोषले जनाएको छ । त्यसपछि मात्रै विशेष पूजाको व्यवस्था हुनेछ ।

गत वर्ष साउनको पहिलो सोमबार झण्डै एक लाख दर्शनार्थीले पशुपतिको दर्शन गरेको भए पनि यो वर्ष घरबाटै मनले सम्झेर पूजा गर्न आग्रह कोषले गरेको छ ।

मन्दिर परिषरमा पस्न नपाए पनि बाहिरबाट गजुरको दर्शन गर्न चाहनेले आफू अनुकुल व्यवस्था गर्न सक्ने जनाइएको छ ।

यो वर्षको पहिलो साउने सोमबार औँसी पनि परेकाले थप विशेष महत्व छ । दर्शनको व्यवस्था नभए पनि नित्यसँगै औँसीको विशेष पूजा मन्दिरका भट्टहरुले गर्ने कोषले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?