साउनमा डोलेश्वर मन्दिर, ‘कोरोनाको डर पेलेर आउने भक्तजनको आस्थालाई रोक्न सकेनौँ, त्यसैले ढोका खोलिदियौँ’

+
-

काठमाडौँ- केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरको गेटको ठ्याक्कै बाहिर राजमति तसिजुको पूजासमान पसल छ। मुखमा मास्क लगाएकी तसिजु बिहान साढे ४ मा पसल खोल्न आइन्। कोरोना महामारीले दर्शन गर्न आउने मान्छे कम होलान् भन्ने आँकलन नगरेकी होइनन् तर यति कम होला भन्ने सोचेकी पनि थिइनन्।

तसिजुको अड्कलमा बिहान ९ बजे मुलद्वार बाहरसम्म लाइन आइसक्नु पथ्यो। तर २०७७ सालको पहिलो सोमबार अरु बेलाको शनिबार भन्दा पनि कम मान्छे आए ।
‘पोहोरको भन्दा ४ भागमा एक भाग पनि मान्छे आएका छैनन्। पोहोर २ बजे नै आइन्थ्यो, यो पालि ४ बजे दुईओटा ट्याक्सी आएपछि म उठेर आएँ,’ उनी भन्छिन्, ‘समितिले पसल राख्न नदिने भनेको थियो। तर हामीले राख्यौँ। कोरोना सर्छ भन्ने डर छ तर भोकले भन्दा रोगले मर्नु बेस।’

जसरी कोरोनालाई पेलेर तसिजु पसल खोल्न आइन्, भगवानको आस्थालाई माथि राखेर दर्शनार्थीहरु पनि आएका छन्। भलै मन्दिरमा पहिलाको जति दर्शनार्थीहरु छैनन् तर जति छन्, उनीहरु बिचमा सामाजिक दूरी कायम भएको छैन। धेरैले मास्क लगाएका छैनन्।

कति भने मास्क लगाएर भगवानको दर्शन गर्न आइपुगेका छन्, उनीहरुलाई मास्कले कोरोनाबाट जोगाउँछ भन्ने लागेको छ। गोविन्दप्रसाद र सरस्वती आचार्य ललितपुर बागडोलबाट सिपाडोल पुगेका थिए। मन्दिर दर्शन गरुन्जेल उनीहरुको मुखबाट मास्क झरेन। उनीहरु पशुपति पुगेनन्, केदारनाथको शीरको दर्शन गर्न आइपुगे।

‘हिजोअस्ति कसरी जाने भनेर सोचेको तर यहाँ आएपछि डर लागेन,’ आचार्य भन्छन्, ‘मन्दिरमा धेरै घुँइचो छैन, भगवानलाई जल चढाउने व्यवस्था पनि नछोई गर्न सकिने गरिएको रहेछ।’ यो दम्पत्तिले व्यवस्थापनको तारिफ गरे। उनीहरुलाई कोरोनाको डर देखिएन।

पेप्सिकोलाकी रोशना केसीलाई मनैदेखि मान्दै आएको भगवानको दर्शन नगरी बस्न मन लागेन । र उनी साथी बोकेर मन्दिर हाँकिइन्। उनीसँग गाडीमा स्यानिटाइजर छ, कम्मरमा मास्क घुस्रिएको छ।

सूर्यृ बहादुर खाइटु बिहानैदेखि मन्दिर परिसरमा छन्। उनी केदारनाथको शीर, ‘डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको बरिष्ठ उपाध्यक्ष हुन्। २०७७ सालको पहिलो साउनमा उनले सोचेको भन्दा धेरै भक्तजनको उपस्थिति पाए। हुन त विगतको वर्षहरुमा साउन मेला सञ्चालन भएको थियो। कोरोना महामारीले यो वर्ष सम्भव भएन।

यो वर्ष मन्दिर नखोल्ने योजनामा समिति थियो तर भक्तजनको आस्थाको अगाडि कसको के लाग्छ र ! खाइटु भन्छन्, ‘भक्तजनको सङ्ख्या धेरै हुने भयो भने उत्तर तर्फको ढोका खोल्ने निर्णय कार्यसमितिले गरेको थियो। हामीले त्यही अनुरुप उत्तर पट्टीका ढोका खोलिदियौँ।’

उनका अनुसार अरु ढोकाहरु खोल्ने बारेमा ७ गते पछि मात्र निर्णय हुन्छ। भक्तजनहरु मन्दिरमा ओइरिएको देखेका खाइटु भन्छन्, ‘भक्तजनहरु यहाँ उपस्थित हुँदा सामाजिक दूरी कायम गरिदिनुहोला। माक्स प्रयोग गरेर सुरक्षित तबरले आइदिनुहुन अनुरोध गर्दछु।’

 

भिडियो हेर्नुहोस्:

यो पनि पढ्नुहोस्

‘फूल बिक्दैन, कोरोना लाग्छ भनेर भोकले मान्दैन’

‘फूल बिक्दैन, कोरोना लाग्छ भनेर भोकले मान्दैन’

डोलेश्वरमा भक्तजन (फोटोफिचर)

डोलेश्वरमा भक्तजन (फोटोफिचर)

‘पशुपतिको गेटबाटै पूजा गरेको भगवानले देख्नु होला नि’

‘पशुपतिको गेटबाटै पूजा गरेको भगवानले देख्नु होला नि’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?