
काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण पटक–पटक स्थागित भएको यो वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्राको प्रक्रिया अन्ततः सुरु भएको छ।
शनिबार विशेष साइतमा रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको छ।
मच्छिन्द्रनाथ गुठीका ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा रथारोहणका लागि शुभसाइत रहेको ठहर गरेका थिए।
सोही साइतमा शनिबार मूर्ति रथमा राखिएको हो । विशेष विधि पूर्वक शनिबार ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा मच्छिन्द्रनाथलाई राखिएको हो।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठ रथारोहणका क्षणलाई केही तस्बिरमा समेटेका छन् ।