रैब (बड्का अटवारी) पर्व मनाउँदै थारु समुदाय

रैब (बड्का अटवारी) पर्व मनाउँदै थारु समुदाय
+
-

काठमाडौँ – रोपाइँसँगै प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत रुपमा प्रसादको स्वरुपमा चढाउँदै आइतबार पूर्वका थारु समुदायले ‘रैब पर्व’ मनाउँदैछन् । पश्चिमका थारुहरुले भने यो पर्वलाई बड्का अटवारी भनेर मनाउने गर्छन् ।

तिथि अनुसार आइतबारलाई पूर्वीया थारु भाषामा ‘रैब दिन’ वा रैब पर्व भन्ने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भन्ने गरेकोले यो पर्व रैब हुन गएको मानिन्छ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।

यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ। पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण आफ्नै घरमा बसेर पर्व मनाईँदै छ ।

यसैगरी धार्मिक मान्यता अनुसार बाल–बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा बृद्धिको लागि समयमा वर्षा होस्, बाली–नालीमा रोग–व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रहँदै आएको छ ।

पश्चिमका थारुहरुले यो पर्वलाई बड्का अटवारी भनेर मनाउने गर्छन् । यो भदौ महिनाका हरेक आइतबार अगल–अलग गाउँहरुले आफ्नो अनुकुल पर्ने आइतबार रैब वा अटवारी मनाउने गर्छन् ।

यो पनि पढ्नुहोस्

सूर्यको उपासना, थारु समुदाय र रैब पर्व

सूर्यको उपासना, थारु समुदाय र रैब पर्व

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?