देशसञ्चार विशेष

चीनतर्फको १२ नम्बर पिलर नयाँ बनाएको भेटियो, नेपाल सरकारलाई थाहा छैन

चीनतर्फको १२ नम्बर पिलर नयाँ बनाएको भेटियो, नेपाल सरकारलाई थाहा छैन
+
-

हुम्ला– हुम्लाको उच्च स्थानमा चीनसँगको सीमामा रहेको १२ नम्बर पिलर पुनर्निर्माण गरेको पाइएको छ।

सीमा निरीक्षणका लागि हुम्लाको लाप्चा क्षेत्रको ललुङजोङ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले सीमा स्तम्भ पुनर्निर्माण गरेको पाएको हो। देशसञ्चारको स्थलगत रिपोर्टिङका क्रममा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेना लामाले पुरानो सीमा स्तम्भलाई भत्काएर नयाँ बनाएको देखिएको जानकारी दिइन्।

उनले आइतबार १२ नम्बर पिलर रहेकै स्थानमा देशसञ्चारसँग भनिन्, ‘यो पिलर केही समयअघि पुरानो भत्काएर नयाँ बनाएको पायौँ। नयाँ पिलरसँगै पुरानो पिलरका सिमेन्ट र बालुवाका टुक्रा देखिएको छ।’

१२ नम्बर पिलर नयाँ बनाइएकै ठाउँमा पुरानो पिलरका टुक्रा र बालुवा पनि भेटिएको छ। काठमाडौँमा नापी विभागले भने १५ वर्षयता नेपाल र चीनबीचको सीमामा कुनै पनि पिलर पुर्निनिर्माण नगरेको जानकारी दिएको छ।

सीमा क्षेत्रको स्थलगत अनुगमनका लागि नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, संविधानसभा सदस्य रिता शाही, कांग्रेस हुम्ला जिल्ला सभापति जयपति रोकाय अहिले यस क्षेत्रमा छन्।

टोलीसँगै यहाँ आइपुगेका स्थानीयले पनि सीमा स्तम्भ नयाँ बनाएको पाइएको जानकारी दिएका छन्।  वस्तीबाट टाढा रहेकाले कहिले पुनःनिर्माण गरियो भन्ने यकीन नभएको उनीहरुले बताए।

नापी विभागले चीनतर्फको सीमा स्तम्भ मर्मतका लागि १५ वर्षदेखि कुनै टोली नखटिएको जानकारी दिएको छ।  विभागका सूचना अधिकारी दामोदर ढकालले सन् २००५/६ पछि सरकारले चीनतर्फको सीमा मर्मत, रंगरोगन गर्नका लागि सर्वेक्षकको टोली नपठाएको देश सञ्चारलाई जानकारी दिए।

उनले भने, ‘नापी विभागले सन् २००५/६ मा सीमा पुनःनिर्माण, मर्मतका लागि संयुक्त टोलीका लागि प्रतिनिधि पठाएको थियो। त्यसपछि सर्वेक्षकको टोली विभागले पठाएको मेरो जानकारीमा छैन।’

कुनै पनि देशले एक पक्षीयमा रुपमा सीमा स्तम्भ मर्मत, पुनःनिर्माण तथा रंगरोगनसमेत गर्न नपाउने नियम छ। सीमाविद् एवं नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठले दुई देशबीचको सीमा एकपक्षीय रुपमा मर्मत, पुनःनिर्माण तथा रंगरोगन समेत गर्न नमिल्ने बताए।

उनले भने, ‘एकतर्फी रुपमा कुनै पनि देशले अन्तर्राष्ट्रिय सीमा चलाउन पाउँदैन। सीमाको बारेमा जे सुकै गर्दा पनि दुई पक्षका प्रतिनिधिको उपस्थिति फिल्डमा अनिवार्य हुनुपर्छ।’

उनले नेपाल भारतको सीमा स्तम्भको मर्मत गर्दा बिजोर स्तम्भको मर्मत नेपाल र जोरको भारतले गर्ने सम्झौता भए पनि आफूखुशी गर्न नपाउने बताए।

‘नेपाल र भारतबीच जोर बिजोर अनुसार सीमाको मर्मत, पुनःनिर्माण, रंगरोगन गर्ने सम्झौता छ। तर पनि आफूखुशी गर्न पाइँदैन। बिजोर सीमा स्तम्भको मर्मत नेपालले गर्दा भारततर्फका प्रतिनिधि हेरेर बस्छन्, जोरको गर्दा नेपाली प्रतिनिधि हेरेर बस्छन्,’ श्रेष्ठले भने।

विभागका सूचना अधिकारी ढकालले एक पक्षीय रुपमा कुनै पनि देशले सीमाबारे सामान्य काम पनि गर्न नपाउने बताए। ‘दुई देशको सीमा स्तम्भलाई आफू खुशी पुनःनिर्माण, मर्मत गर्ने अधिकार कुनै पनि देशलाई हुँदैन,’ ढकालले भने।

यही महिना लाप्चा क्षेत्रको ललुङजोङमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन निर्माण गरेको खबर बाहिरिएको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीसहितको प्राविधिक टोली ललुङजोङ पुगेर स्थलगत अध्ययन गरेको थियो।

अध्ययनपछि चीनले आफ्नै भुभागमा भवन बनाएको पुष्टि भएको सिडीओ गिरीले बताएका छन्। परराष्ट्र मन्त्रालयले पनि नेपाली भूमि चीनले भवन बनाउँदा अतिक्रमण नभएको बताउँदै आएको छ।

यो पनि पढ्नुहोस्

भेटियो हुम्लामा हराएको ११ नम्बर सीमा स्तम्भ, अनुगमनमा गएको प्रजिअको टोली अझै सम्पर्कबाहिर

भेटियो हुम्लामा हराएको ११ नम्बर सीमा स्तम्भ, अनुगमनमा गएको प्रजिअको टोली अझै सम्पर्कबाहिर

सीमा विवादबारे जानकारी दिने हुम्लाका सहायक प्रजिअलाई सरकारले सोध्यो २४ घन्टे स्पष्टिकरण

सीमा विवादबारे जानकारी दिने हुम्लाका सहायक प्रजिअलाई सरकारले सोध्यो २४ घन्टे स्पष्टिकरण

हुम्लामा सर्वदलीय बैठक, चीनले भवन बनाएको विषयमा थप अध्ययनका लागि विज्ञ टोली पठाउन माग

हुम्लामा सर्वदलीय बैठक, चीनले भवन बनाएको विषयमा थप अध्ययनका लागि विज्ञ टोली पठाउन माग

हुम्लामा चीनसँगको सीमा विवादबारे वास्तविकता सार्वजनिक गर्न कांग्रेसको माग

हुम्लामा चीनसँगको सीमा विवादबारे वास्तविकता सार्वजनिक गर्न कांग्रेसको माग

लाप्चाबाट फर्केपछि हुम्लाका सिडिओ भन्छन् ‘अहिले केही बोल्दिनँ’

लाप्चाबाट फर्केपछि हुम्लाका सिडिओ भन्छन् ‘अहिले केही बोल्दिनँ’

हुम्ला सीमा विवादबारे चीनले भन्यो, ‘नेपाली भूमि मिचेका छैनौँ’

हुम्ला सीमा विवादबारे चीनले भन्यो, ‘नेपाली भूमि मिचेका छैनौँ’

हुम्लामा सीमा नमिचेको चीनको दाबी, स्थानीय भन्छन्- चिनियाँले भवन बनाएको ठाउँ नेपालकै हो

हुम्लामा सीमा नमिचेको चीनको दाबी, स्थानीय भन्छन्- चिनियाँले भवन बनाएको ठाउँ नेपालकै हो

चिनियाँ पक्षद्वारा नेपाली भूभागमा नौवटा भवन निर्माण, नेपालीलाई प्रवेश निषेध

चिनियाँ पक्षद्वारा नेपाली भूभागमा नौवटा भवन निर्माण, नेपालीलाई प्रवेश निषेध

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?