अभिनेत्री ऋचा शर्माको प्रधानमन्त्रीलाई चिठी– ‘मलाई नारी भएकोमा लाज लाग्न थालेको छ’

अभिनेत्री ऋचा शर्माको प्रधानमन्त्रीलाई चिठी– ‘मलाई नारी भएकोमा लाज लाग्न थालेको छ’
+
-

काठमाडौँ– अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्रीलाई चिठ्ठी लेखेकी छन्। पछिल्लो समय बढ्दै गरेका बलात्कारका घटना र त्यसमा पीडितले न्याय नपाएको अवस्थाबाट भावनात्मक ठेस पुगेको भन्दै उनले प्रधानमन्त्रीलाई चिठी लेखेकी हुन्।

चिठीमा उनले आफूलाई नारी भएकोमा आफूलाई लाज लाग्न थालेको र आफूलाई सन्तान जन्माउन पनि डर लाग्न थालेको बताएकी छन्। उनले चिठ्ठीमा आफ्नो छोरी भएमा असुरक्षित होलिन् र छोरा भएमा देशको कानुन नमानेर जे पनि गर्ला भन्ने डर रहेको बताएकी छन्,

उनको स्ट्याटस यस्तो छ,

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ ।

मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।

जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ ।

यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन रु म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी !

निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

यो पनि पढ्नुहोस्

डा.केसीलाई समर्थन गर्न पुगेकी अभिनेत्री ऋचा भन्छिन्,‘निर्लज्जताको पराकाष्ठा नाघिसक्यो’

डा.केसीलाई समर्थन गर्न पुगेकी अभिनेत्री ऋचा भन्छिन्,‘निर्लज्जताको पराकाष्ठा नाघिसक्यो’

‘हामीले दुर्व्यवहारका कुरा बाहिर ल्याउन धेरै सोच्‍नुपर्छ, फेरि काम नपाउने डर छ’

‘हामीले दुर्व्यवहारका कुरा बाहिर ल्याउन धेरै सोच्‍नुपर्छ, फेरि काम नपाउने डर छ’

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’