आफूलाई दिइएको दसैँ भत्ता फिर्ता लिन भीम रावलको आग्रह

आफूलाई दिइएको दसैँ भत्ता फिर्ता लिन भीम रावलको आग्रह
+
-

काठमाडौँ – सत्ता रुढ नेकपाका सांसद डा. भीम रावलले आफूलाई दिइएको दसैँ भत्ता फिर्ता लिन माग गरेका छन्।

कानून विपरीत संघीय संसदका सदस्य र उनीहरुका स्वकीय सचिवलाई दसैँ भत्ता वितरण गरेपछि विरोध भइरहेका बेला रावलले उक्त रकम नलिने घोषणा गरेका हुन्।

सांसदहरुले मासिक रुपमा पाउँदै आएको ६५ हजार तलबमा त्यति नै बराबर सचिवालयले बैंक खातातमा दसैँ भत्ता पठाएको छ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका रावलले ट्वीटरमा लेखेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैँ भत्ता नलिने व्यवस्था गरियोस्। सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।’

उनले दसैँ भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्नेसमेत उल्लेख गरेका छन्।

राष्ट्रियसभा सदस्य रहेका नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले भने गत चैतदेखि नै तलबभक्ता लिएका छैनन्।

संघीय तथा प्रदेश सांसदको लविङ गत वर्ष सरकारले मन्त्री र सांसदलाई समेत दसैँ भत्ता दिने निर्णय गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?