अनलाइनबाटै सम्पन्न भयो यस वर्षको मदन पुरस्कार वितरण समारोह

अनलाइनबाटै सम्पन्न भयो यस वर्षको मदन पुरस्कार वितरण समारोह
+
-

काठमाडौँ– यस वर्षको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान वितरण समारोह अनलाइनबाटै सम्पन्न गरिएको छ। कोरोना भाइरसको महामारीका कारण कार्यक्रमको आयोजना गर्न नसकिने भएपछि अनलाइनबाट समारोह आयोजना गरिएको हो।

अनलाइन समारोहमा भारतको नैनीतालबाट इतिहासकार शेखर पाठकले प्रवचन दिएका थिए। यस्तै मदन पुरस्कार विजेता पुस्तक ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँ पोखराबाट र जगदम्बाश्री सम्मानबाट सम्मानित शान्ति ठटाल सिलिगुडीबाट अनलाइन समारोहमा सहभागी भएका थिए।

ठटालले समारोहमा मन्तब्य दिँदै जगदम्बाश्री सम्मानबाट सम्मानित भएकोमा खुसी लागेको बताइन्। ‘आज म भावह्वल भएकी छु। मलाई नेपालको जगदम्बाश्री जस्तो गरिमामय पुरस्कारले सम्मानित गरिँदा मेरो दीर्घकालिन संगीत यात्रा सार्थक भएको ठानेकी छु। यो मेरो जीवनको अत्यन्त स्मरणीय अनि ऐतिहासिक क्षण हो,’ उनले भनिन्।

शान्ति ठटाल।

यस्तै लेखक बानियाँले आफ्नो कलमलाई मदन पुरस्कारले अकल्पनीय सम्मान र मान दिएको बताए। उनले भने, ‘मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय सम्मान र मान दियो। साहित्यकर्मीहरुको लहरमा उभिने गाैरवपूर्ण अवसर दियो। त्यसका लागि जति आभार प्रकट गरेपनि कमै हुन्छ।’

मदन पुरस्कार गुठीले कोरोनाको महामारीपछि पोखरा र सिलिगुडीमा पुगेर मदन पुरस्कार र जगदम्बाश्री सम्मान हस्तान्तरण गर्ने जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?