
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याइ नहुने बताएका छन्।
थापाले मंगलबार ट्वीट गर्दै संसदकाे बैठक राख्न बाध्य पारेर सदन र सडकको शक्ति एकिकृत गर्नसके मात्रै मतिभ्रष्ट सरकारलाई सच्याउन सकिने बताएका हुन्। साथै कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आह्वान गरेर मात्रै आफूहरुको कर्तव्य पूरा नहुने पनि उनको भनाइ छ।
‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आह्वान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन। संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन। संसदको बैठक राख्न बाध्य पारी सदन र सडकको शक्ति एकिकृत गर्न सक्दा मात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनै पर्ने बनाउन सकिन्छ,’ थापाले आफ्ना पार्टी सभापति शेरबहादुर देउवालाई ट्वीटरमा मेन्सन गरेर लेखेका छन्।
पछिल्लो समय कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गरेपछि सरकारको चाैतर्फी आलोचना भइरहेको छ।
.@DeubaSherbdr कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ
— Gagan Thapa (@thapagk) October 20, 2020