नेपालगञ्जको त्रिभुवन चोकमा फहरायो नेपालको झण्डा

नेपालगञ्जको त्रिभुवन चोकमा फहरायो नेपालको झण्डा
+
-

नेपालगञ्ज– लामो समयपछि नेपालगञ्जको त्रिभुवन चोकमा नेपाली राष्ट्रिय झण्डा राखिएको छ।

२०६२/६३ को दोस्रो जनआन्दोलनमा राजा त्रिभुवनको शालिक तोडफोड गरिएपछि त्रिभुवन चोकमा स्तम्भ मात्रै रहेको थियो।

राजा त्रिभुवनकै शालिक राख्नु पर्ने चौतर्फी दबाबका बीच नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा बिहीबार अपरान्ह नेपाली राष्ट्रिय झण्डा राखिएको छ।

नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले चोकमा नेपाली राष्ट्रिय झण्डा राखेका छन्। त्यसक्रममा वडा नं ८ र ११ का वडाध्यक्षका साथै कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

केहीले राजा त्रिभुवनको नभई आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको शालिक राख्नु पर्ने बताएपछि नेपालगञ्ज उपमहानगरपालिकाले हाललाई त्यहाँ नेपाली राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको थियो।

बोर्ड बैठकले तत्काललाई नेपाली राष्ट्रिय झण्डा राख्ने र त्यहीँ नै सार्वजनिक सुनुवाई गरेर सबैको सहमतिमा जसको राखेपनि शालिक राख्ने निर्णय गरेको थियो।

राजा त्रिभुवनको शालिक रहेको र चोकको नाम पनि त्रिभुवनचोक रहेकाले त्यो इतिहासलाई मेट्न नहुने अधिकांशको भनाइ रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?