गोरखनाथ वैदिक गुरुकुलमा बटुक खुत्रुके बचत

गोरखनाथ वैदिक गुरुकुलमा बटुक खुत्रुके बचत
+
-

दाङ–गोरक्ष रत्ननाथ मठ चौघेरा दाङमा रहेको गोरखनाथ वैदिक गुरुकुलमा हाम्रो नोवेल बचत तथा ऋण सहकारी संस्थाले बटुक खुत्रुके बचत खाताको सुरुवात गरेको छ ।

मठका मठाधिस योगी सन्तोषनाथको अध्यक्षता तथा आध्यात्मिक चिन्तक डाक्टर चिन्तामणि योगीको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा १५ जना बटुक तथा कन्याले बटुक खुत्रुके बचत खाता खोलेका छन् ।

मठका मठाधिश, महन्त, हाम्रो नोवेल साकोस संस्थाका अध्यक्ष सुषमा रेग्मी, समाजसेवी महाराज डाक्टर नारायणनाथ योगी र ईन्दिरा योगीले खुत्रुके बचतका लागि बाकस हस्तान्तरण गरे ।

गोरखनाथ वैदिक गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गुरुकुलको शिक्षाको वर्तमान अवस्था, दाङ जिल्लाका मठ, मन्दिरमा गुरुकुलको आवश्यकताका बारमा जानकारी गराएका थिए।

बटुक, कन्याहरुले पाउने दक्षिणा, सहयोगबाट प्राप्त भएको दान पैसालाई बचत गर्ने उद्देश्यले बटुक खुत्रुके बचत कार्यक्रम सञ्चालन गरिएको वैदिक गुरुकुलका अध्यक्ष भट्टराईले बताए।

‘बटुकहरुमा बचत गर्ने बानीको विकास गर्न खुत्रुके बचत खाता कार्यक्रम चलाइएको हो’अध्यक्ष भट्टराईले भने,‘पछिकोलागि सहयोग हुने भएकाले बचत गर्ने बानी बसाल्नका लागि यो अभियान ल्याइएको हो ।’

डाक्टर चिन्तामणि योगीले संस्कारका लागि गुरुकुलीय शिक्षा लागु गर्नु अनिवार्य रहेको बताए।

मठका महन्त सुरतनाथ योगीले गुरुकुलले वर्तमान समयमा मठको शोभा बढाएको र बटुकहरुलाई वैदिक शिक्षा ग्रहणका साथै आगामि दिनमा अझै प्रगति गर्दै जाओस् भन्ने धारणा राखे ।

कार्यक्रममा समाजसेवी घोराही–१७ हरिद्वार निवासी पण्डित भुवनेश्वर पोख्रेललाई सम्मान गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?