
हाल भारत भ्रमणका क्रममा रहेका अमेरिकी विदेशमन्त्री माइक पम्पिओले अमेरिका भारतको अण्डता र स्वन्त्रताको पक्षमा रहेको बताएका छन्।
उनले भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि लद्दाकको गलवानमा गत जुनमा भारत र चीनबीच भएको झडपको विषयमा बोल्दै उक्त घटनामा अमेरिका भारतको साथमा रहेको बताएका हुन्।
समाचार एजेन्सी एएनआईले विदेशमन्त्री पोम्पिओलाई उद्धृत गर्दै भनेको छ, ‘म संसारको सबैभन्दा ठूला लोकतन्त्रका लागि आफ्नो ज्यान दिने सैनिकलाई श्रद्धाञ्जली दिन नेशनल वार मेमोरियल पुगेँ। जसमा पीएलए (चिनियाँ सेना)सँगको झडपमा ज्यान गुमाएका २० जना सेना पनि छन्। भारतको अखण्डता र स्वतन्त्रताको लडाईमा अमेरिका उसको साथमा छ।’
उनी पछिल्लो समय निरन्तर चीनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्।