मस्जिद पुननिर्माणमा वडाध्यक्षले अवरोध गरेपछि मुस्लिम समुदाय आक्रोशित

मस्जिद पुननिर्माणमा वडाध्यक्षले अवरोध गरेपछि मुस्लिम समुदाय आक्रोशित
+
-

काठमाडौँ– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन्।

शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए। पुर्ननिर्माणको भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीसमेत घटनास्थल पुगेका थिए।

अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भएपनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाए। भत्केको ठाउँमा पुर्ननिर्माण भइरहेको पाँचौ दिनमा अवरोधको प्रयास गरी सामाजिक सद्भाव खलबलाउने प्रयास भएको पनि उनले बताए। कानुनी हिसाबले नसकेपछि गुण्डागर्दी शैलीमा मस्जिद भत्काउने काम भएको अध्यक्ष अन्सारीको भनाइ छ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी।

स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुर्ननिर्माण गर्न लाग्दा ठाउँमा वडाध्यक्षले निर्माणमा अवराेध गरिरहेको आरोप लगाइन्। वडाध्यक्षले निर्माणको काम नरोके आफै भत्काउने धम्कि दिएको समेत उनले बताइन्।

निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ। मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो। यसलाई मुस्लिम समुदायले अस्थाई रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन्।

स्थानीय लक्ष्मी परियार।

झण्डै एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौँ आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?