शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ
+
-

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घकाे अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु)को रुपमा सुडानको डार्फरस्थित युनामिड मिसन १७ औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा उक्त समूहका नेतृत्वकर्ता प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी टोलीको बिदाइ गरे।

उक्त मिसनका लागि १८० प्रहरी त्यसतर्फ जाने छन्। उनले प्रहरी कर्मचारीलाई कार्य क्षेत्रमा आइपरेको परिस्थितिमा भएको परिवर्तन र गतिशीलतालाई ध्यानमा राखी काम गर्न निर्देशन दिए।

संयुक्त राष्ट्रसङ्घीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र सङ्गठनको प्रतिनिधिका रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले भने, ‘विदेशमा रहँदा तपाईँ व्यक्ति र सङ्गठन मात्र होइन, मुलुकको प्रतिनिधि हो, त्यसैले मर्यादित आचरण, अनुशासन र कर्तव्यपरायणबाट विचलित हुनुहुन्न।’

उनले आवश्यक मापदण्डअनुसार व्यावसायिकता प्रदर्शन गरी दिइएको जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिए। प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्रकुमार बस्यालले त्यसतर्फ खटिजाने समूहमा एक प्रहरी उपरीक्षक, चार प्रहरी नायब उपरीक्षक, सात प्रहरी निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, १७ प्रहरी सहायक निरीक्षक, ५५ प्रहरी हवल्दार, ६५ प्रहरी जवान र सात प्रहरी कार्यालय सहयोगी रहेको जानकारी दिए।

उनीहरु दुई समूहमा यही कात्तिक १७ र आगामी मङ्सिर ११ गते त्यसतर्फ प्रस्थान गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?