राजतन्त्र फर्काउन जनकपुरधाममा महाअभियानको सुरुवात (तस्बिरहरु)

राजतन्त्र फर्काउन जनकपुरधाममा महाअभियानको सुरुवात (तस्बिरहरु)
+
-

जनकपुरधाम– राष्ट्रवादी नागरिक समाजले मुलुकमा राजतन्त्र फर्काउन भन्दै महाअभियानको सुरुवात गरेको छ। राजधानी काठमाडौँबाट सुरु गरेको महाअभियान अन्तर्गत शनिबार जनकपुरधाममा समेत राष्ट्रिय नागरिक समाजले र्‍याली निकालेको छ।

‘राजतन्त्र पुनर्वहाली गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर’ लगायतका नाराहरु लगाउँदै नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौँ व्यक्ति पूर्वराजाको पक्षमा नारा लगाउँदै र्‍यालीमा सहभागी भएका थिए ।

देशमा भ्रष्टाचार मौलाइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिनदिनै बढिरहेकोले त्यसको न्यूनिकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको राष्ट्रवादी नागरिक समाजको महाअभियानका संयोजक चन्द्र बहादुरले बताए। उनले दलहरुले देशलाई बचाउन सक्ने स्थिति नदेखेरै आफूहरुलाई देशमा राजतन्त्रको खाँचो रहेको महशुस भइरहेको बताए।

उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी यो महाअभियान जारी राख्ने जानकारी दिइन्। उनले देशमा चाँडै नै राजतन्त्र फर्किने दावीसमेत गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?