जानकी मेडिकल कलेजका दुई कर्मचारी आमरण अनसनमा

जानकी मेडिकल कलेजका दुई कर्मचारी आमरण अनसनमा
+
-

जनकपुरधाम– जानकी मेडिकल कलेजको व्यवस्थापन पक्षले कर्मचारीसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेपछि दुईजना कर्मचारी आमरण अनसनमा बसेका छन्।

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल प्रशासनविरुद्ध कर्मचारीद्वय जानकी शरण यादव र कुलदिप साह आइतबारदेखि आमरण अनसनमा बसेका कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश यादवले जानकारी दिए।

यसभन्दा पहिले सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु असोज १२ गतेदेखि नै ठप्प गरेका छन्। उनीहरुले कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दसैँ खर्च र नियमित तलब भत्ता दिनुपर्ने लगायतका मागहरु राख्दै विगत एक महिनादेखि धर्नासमेत दिएका थिए।

विगतमा पटक–पटक गरेका सहमतिहरु अस्पताल पक्षले कार्यान्वयन नगरी उल्टै प्रहरी प्रशासन लगाएर आफूहरुलाई धम्काउने गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको संयोजक यादवले बताए।

यसअघि भदौ १५ गते उनीहरुले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दीसमेत गरेका थिए। भदौ २६ गते मेडिकल प्रशासनका वरिष्ठ अधिकृत दयानन्द झाले कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुबैपक्षबीच छलफल भई तीन बुँदे सहमति भएको थियो।

सहमति अनुसार असोज १ गतेदेखि कलेजको ताला खोली सेवा सुचारु गर्ने, असोज ४ गते हरहिसाब गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने गरी कलेज प्रशासन र कर्मचारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

तर सहमति कार्यान्वयन गर्नुपर्नेमा कलेज प्रशासनले हरहिसाब नगरी उल्टै असोज ११ गते संघर्ष समितिका संयोजक यादवलाई पूर्वाग्रह राखेर स्पष्टीकरण सोधेपछि १२ गतेदेखि जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका १ सय १५ जना कर्मचारी आकस्मिक बाहेकका सबै सेवा बन्द गरी निरन्तर धर्नामा बस्दै आएका थिए।

कलेज व्यवस्थापकले धर्नामा बसेका ४० जना कर्मचारीमध्ये ५ जनालाई निलम्बनको पत्र थमाएकाे छ भने केहीलाई स्पष्टीकरण समेत सोधेको छ। दसैँ अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनलाई दबाउनका लागि आन्दोलनरत कर्मचारीमध्ये कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल लगायतका कर्मचारीलाई समेत कारबाही स्वरुप निलम्बन गरेको संघर्ष समितिका संयोजक यादवले बताए।

कलेजका प्रमुख प्रशासक दयानन्द झाले कर्मचारीहरुले जबरजस्ती आन्दोलन गरेर कलेजलाई धरासायी बनाउँदै लगेको आरोप लगाएका छन्। उनले कर्मचारीहरुको राजनीतिको कारणले गर्दा कलेज धरासायी हुने अवस्थामा पुगेको बताए। उनले कर्मचारीहरुको आन्दोलनको कारण विद्यार्थीबाट असुल हुने २७ करोड रुपैयाँसमेत असुल हुन नसकेको आरोप लगाए।

सन् २००३ मा शिक्षण अस्पतालको रुपमा मान्यता पाएको जानकी मेडिकल कलेज शिक्षण अस्पताल पटक–पटक विवादित हुँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?