
काठमाडौँ- मोबाइल प्रविधिमा तीव्रगतिले विकास र विस्तार भइरहँदा दक्षिण कोरियाली मोबाइल कम्पनी सामसुङ फेरि विश्वको नम्बर वान मोबाइल कम्पनी बन्न सफल भएको छ।
कोरियाको सामसुङले चिनियाँ कम्पनी ह्वावेलाई पछि पार्दै पुन: विश्वको नम्बर वान मोबाइल कम्पनी बनेको इन्टरनेशनल डाटा कर्पोरेशन (आइडीसी) र काउन्टरप्वाइन्टले मार्केर रिसर्च फर्म एनालाइजसहित जारी गरेको सन् २०२० को तेस्रो त्रैमासिकको आँकडाले यस्तो देखाएको हो।
उक्त आँकडा अनुसार कोरियाली कम्पनी सामसुङको बजार हिस्सा २२.७ प्रतिशत पुगेको छ भने उक्त अवधिमा कम्पनीले आठ करोड चार लाख स्मार्टफोन बिक्री गरिसकेको जनाएको छ,जुन यसअघिको तुलनामा २.९ प्रतिशत बढी हो।
सामसुङ मोबाइल सबैभन्दा धेरै भारतमा (कुल विक्रीको १५ प्रतिशत) बिक्री भएको छ भने अमेरिका सामसुङ मोबाइल विक्री हुने दोस्रो ठूलो देश भएको छ। अमेरिकामा सामसुङको ए सिरिज, नोट २० र नोट २० अल्ट्रा धेरै विक्री भएको छ भने सबैभन्दा धेरै एम सिरिजको स्मार्टफोनहरु विश्वबजारमा विक्री भएका छन्।
यता, दोस्रो स्थानमा रहेको चिनियाँ मोबाइल कम्पनी ह्वावेले भने पाँच करोड १९ लाख स्मार्टफोन बिक्री गरेको छ। जुन विश्वबजारको १४.७ प्रतिशत हिस्सा हो। गत वर्षको तेस्रो त्रैमासिकको तुलनामा यस वर्षको सोही अवधिमा ह्वावेले २२ प्रतिशत बजार हिस्सा गुमाएको छ।
गत वर्ष तेस्रो त्रैमासिकमा ६ करोड ६६ लाख स्मार्टफोन बिक्री गरेको कम्पनीको बजार हिस्सा १८.६ प्रतिशत रहेको थियो। ट्रम्प प्रशासनले हाइ-इन्ड चिप विक्री विरतणमा प्रतिबन्ध लगाएपछि ह्वावेलाई नम्बर वान कम्पनी बन्नमा ठूलो धक्का लागेको हो ।
यस्तै अर्को चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले पनि आफ्नो कब्जा जमाउँदै गएको छ। उसले अमेरिकी चर्चित कम्पनी एप्पललाई पछाडि पार्दै तेस्रो स्थानमा आफूलाई उभ्याउन सफल भएको छ। यसले साओमीलाई एप्पलभन्दा अगाडि पुगेको यो नै पहिलो रेकर्ड दिलाएको हो।
साओमीले त्रैमासिक अवधिमा मात्रै चार करोड ६५ लाख स्मार्टफोन बिक्री गरिसकेको छ भने मोबाइल कम्पनीको लिस्टमा तेस्रो नम्बरमा स्थान ओगटेको छ। साओमीले आफ्नो बजार हिस्सा १३.१ प्रतिशत कायम गरेको छ। यसको कारण साओमीले आफ्नो ठूल्लो हिस्सा भारत र चिनियाँ बजारमा मात्रै ५३ प्रतिशत बजार ओगट्न सफल भएको हो।
तर एप्पलको मार्केट शेयर घटेर ११.८ प्रतिशतमा सीमित भएको छ। एप्पल पछि पर्नुको एउटै कारण उसले आईफोन ट्वेल्भलाई नियमित समय तालिकाभन्दा निक्कै पछि सार्वजनिक गर्नुलाई देखाइएको छ।
विश्वभर कोरोना महामारीको कारण देखाउँदै एप्पलले आफ्नो उत्पादनमा ढिलाइ गरेपछि सार्वजनिक हुन समय लागेको साथै बजारमा विक्रि हुन समेत समय लागेकाले चौथो स्थानमा सीमित हुन पुगेको हो।
यस्तै आइडीसीका अनुसार सूचीको पाँचौं, छैटौं र सातौं नम्बरमा तीन वटै चिनियाँ कम्पनीले नै आफ्न प्रभुतव जनमाएका छन्। तीमध्ये बीबीके इलेक्ट्रोनिक्स अन्तर्गतकै रहेका छन्।
चीनका भिभो, ओप्पो र रियलमी रहेका छन् । यिनीहरुले पनि आफ्नो अधिकांश बजार हिस्सा भारत र चीनमा नै निर्भर रहेको देखिन्छ। कुल उत्पादनको ३० प्रतिशत भारत र बाँकी चीनमा मोबाइलको बजारको लिएको देखिन्छ।
यस्तै पाँचौं नम्बरमा रहेको भिभोले त्रैमासिक समीक्षा अवधिमा ३ करोड १५ लाख स्मार्टफोन बिक्री गरिसकेको छ भने कम्पनीले बजार हिस्सा ८.९ प्रतिशत ओगटेको छ।
२०२० को तेस्रो त्रैमासिक अवधिमा विश्वभर कूल ३५ करोड ३६ लाख वटा स्मार्टफोन बिक्री भएका छन् । जसमा सामसङ, ह्वावे, साओमी एप्पल र भिभो बाहेकका अन्य कम्पनीले यस अवधिमा कूल १० करोड १७ लाख स्मार्टफोन बिक्री गरेका छन् ।