अब वैदेशिक रोजगार कल्याणकारी कोषको रकम अनलाइनबाटै जम्मा गर्न सकिने

अब वैदेशिक रोजगार कल्याणकारी कोषको रकम अनलाइनबाटै जम्मा गर्न सकिने
+
-

काठमाडौँ-वैदेशिक रोजगार बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ।

सेवाग्राहीले सजिलै सेवा लिन सकुन् भन्ने र बोर्डको सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित प्राप्त इसेवा फोन पे प्रालि र स्प्यारो पे प्रालिमार्फत सरल र सहजरुपमा कोषको रकम भुक्तानी गर्न सकिने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने कामदारले करार अवधि तीन वर्षको भएमा रु एक हजार ५०० र तीन वर्षभन्दा बढी भएमा रु दुई हजार ५०० कोषमा जम्मा गर्नुपर्छ ।

बोर्डले सोही कोषमा जम्मा भएको रकमबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग, बिरामी भएमा राहत रकम उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृतक कामदारको सन्नतिको शैक्षिक भविश्यलाई उज्वल बनाउन शैक्षिक छात्रवृत्तिसमेत प्रदान गरिँदै आइएको छ ।

भुक्तानी सेवा प्रदायकबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने बोर्डले प्रष्ट पारेको छ।

पछिल्ला समय आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धितको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?