
काठमाडौँ – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त परराष्ट्र सचिव भरतराज पौड्यासँग भेट गरेका छन् ।
राजदूत क्वात्रा र पौड्यालबिच बुधबार बिहान भेट भएको हो । परराष्ट्र सचिवमा नियुक्त भएकोमा पौड्याललाई बधाई दिएको क्वात्राले बताएका छन् ।
भेटमा नेपाल–भारत सम्बन्ध र सहकार्य थप बलियो र प्रभावकारी बनाउने बारे सकारात्मक छलफल भएको क्वात्राले उल्लेख गरेका छन् ।
Had a warm meeting with Foreign Secretary Bharat Raj Poudyal Ji. Congratulated him on his appointment and held positive conversation on substantively enriching and progressing India-Nepal cooperation. @IndiaInNepal pic.twitter.com/txrV5vAzN1
— Amb Vinay Mohan Kwatra (@AmbVMKwatra) November 4, 2020