किन गिरफ्तार भए अर्नब गोस्वामी?

किन गिरफ्तार भए अर्नब गोस्वामी?
+
-

मुम्बई प्रहरीले रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामीलाई गिरफ्तार गरेको छ। च्यानलका अनुसार प्रहरीको एक टिम बुधबार बिहानै अर्नब गोस्वामीको घर पुगेर उनलाई भ्यानमा राखेर लगेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ५३ वर्षका एक इन्टीरियर डिजाइनरको आत्महत्या प्रकरणमा प्रहरीले अर्नब गोस्वामीलाई पक्राउ गरेको हो।

रिपब्लिक टिभिले भने बन्द भइसकेको केसमा अर्नबलाई फेरि गिरफ्तार गरेको दाबी गरेको छ।

मुम्बई प्रहरीले गोस्वामीलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको बताइए पनि रिपब्किक टिभिले बन्द भइसकेको उक्त केस फेरि खोलिएको दाबी गरेको हो।

यद्यपि प्रहरीले यसबारे आधिकारिक रुपमा केही नबताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अर्नबको गिरफ्तारी प्रकरण एक एक मराठी इन्टीरियर डिजानइर अन्वय नाइकको कथित आत्महत्यासँग जोडिएको बताइएको छ।

२०१८ को मे महिनामा कथित आत्महत्या भन्दा पहिले उनले लेखेको एक पत्रमा अर्नब गोस्वामीले रिपब्लिक नेटवर्कको स्टूडियोको इन्टीरियर डिजाइन गराइसकेपछि भुक्तानी नदिएको आरोप लगाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?