
काठमाडौँ – नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बिहीबार बस्दैछ ।
सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा केन्द्रीय कार्यसमिति बैठकलाई सहज बनाउने विषयमा छलफल हुनेछ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्नेछ ।
सभापति शेरबहादुर देउवाले त्यसअघि नै पार्टीका प्रभावशाली नेताहरुसँग छलफल गरिरहेका हुन् ।
देउवाले पदाधिकारी, पूर्वपदाधिकारी एवं प्रभावशाली नेताहरुको बैठक राखेर सोमबारदेखि अब कसरी अघि बढ्ने भन्ने विषयमा साझा धारणा बनाउने प्रयास गरेका थिए ।
गएको सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा गत अशोज १२ गते वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर २७ जना केन्द्रीय सदस्यले बुझाएको विरोधपत्रबारे छलफल भएको थियो ।