बिहारमा विधानसभा चुनाव अन्तर्गत अन्तिम चरणको मतदान हुँदै

बिहारमा विधानसभा चुनाव अन्तर्गत अन्तिम चरणको मतदान हुँदै
+
-

भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत तेस्रो तथा अन्तिम चरणको मतदान शनिबार भइरहेको छ । यो चराणमा बिहारका १६ जिल्लामा ७८ सिटका लागि मतदान भइरहेको हो ।

बिहारका लगभग अधिकांश मुसलमान समुदायले यो चरणमा मतदान गर्दै छन् । तेस्रो चरणको चुनावमा उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक समता पार्टी, असुद्दीन ओवेसीको एआईएमआईएम, मायावतीको बिएसपी र पूर्व सांसद पप्पू यादवको जनअधिकार पार्टी पनि प्रतिस्पर्धामा छन्।

सन् २०१५ को चुनावमा यी ७८ सिटमध्ये ५४ सिटमा जनता दल युनाइटेड, राष्ट्रिय जनता दल र कांग्रेस गठबन्धनले प्राप्त गरेको थियो ।

यस्तै एनडिएमा रहेका भाजपा, एलजेपी, आरएलएसपी र जीतन राम माझीको हिन्दुस्तान आवाम पार्टीले २४ सिट जितेका थिए । यसमध्ये सबैभन्दा धेरै १९ सिट भाजपाले पाएको थियो । यो पटक महागठबन्धनमा जेडियू छैन र एलजेपी एनडिएको साथमा छैन ।

बिहारमा २४३ विधानसभा सिट छन्। नीतिश कुमार चौथो पटक मुख्यमन्त्री बन्ने होडमा छन् । उनलाई लालु यादवका कान्छो छोरा तेजस्वी यादवले चुनौति दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?