आगलागीबाट दुई हजार भन्दा बढि रुख नष्ट

आगलागीबाट दुई हजार भन्दा बढि रुख नष्ट
+
-

हुम्ला – सिमकोट गाउँपालिकाको वडा नम्बर ४ को चेला र सिङमच्छिउ सामुदायिक वनमा आगलागी हुँदा दुई हजार भन्दा बढि बोट बिरुवा नष्ट भएका छन्।

हावा बढि चलेको कारण आगालागी नियन्त्रणमा लिन नसकिँदा यति धेरै बोट बिरुवा जलेर नष्ट भएका हुन्।

डिभिजन वन कार्यालयमा वन रक्षक उब्न रावतका अनुसार आगालागीबाट तीन हेक्टर वनमा रहेका सल्लो, धुपी, उतिस, भोजपत्र र चिमलोका दुई हजार भन्दा बढि रुख तथा बिरुवा जलेर नष्ट भएका छन्।

उनले दुईवटा सामुदायिक वनमा पालेर राखिएका बिरुवा आगालागीबाट नष्ट भएको बताए।

आगलागी नियन्त्रण गर्न प्रहरी, सेना, सशस्त्र प्रहरी वनका कर्मचारी र स्थानीयबासी ठूलो संख्यामा गए पनि हावा र भिरालो जमिनका कारण नियन्त्रण गर्न सकिएको थिएन ।

उनले आगलागीबाट करोड भन्दा बढीको रुख, बिरुवा र जडिबुटी जलेर क्षति भएको बताए। चेला वनबाट सुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको थियो ।

सुख्खा मौसम सुरु भएसँगै हुम्लामा आगलागीका घटना सुरु हुन थालेका छन्। वनका सदस्य उग्रेन लामाले उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखिएको बताए।

सामुदायिक वनमा आगलागी हुँदा विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङ्गी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको आशंका गरिएको छ।

सिमकोट गाउँपालिका वडा नम्बर ६ का चार जना दलित बालबालिका आगो लगाएको पत्ता लागे पनि कानूनी समस्याले गर्दा कारवाही गर्न नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?