
काठमाडौँ – पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको छ। जनता समाजवादी पार्टीका नेता गौतमको बुधबार राति निधन भएको पारिवारजनले बताएका छन्।
तनहुँ पिप्ले घर भएका उनी तत्कालीन संविधानसभा सदस्यसमेत थिए। उनले भूमि सुधार मन्त्री रहेर काम गरेका थिए।
गौतमको निधनमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले दुःख व्यक्त गरेका छन्।
‘नेपालको समाजवादी आन्दोलनका अथक योद्धा तथा हाम्रा घनिष्ट मित्र भीमप्रसाद गौतमको निधनले पार्टी र समाजवादी आन्दोलनलाई गम्भीर क्षति पुगेको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।