
काठमाडौँ- कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि चारवटै सिमामा लगाईदै आएको प्रतिबन्ध मंसिर ३० गतेसम्म लम्ब्याइएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सुचना तथा सन्चार मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। यसअघि कात्तिक ३० गतेसम्म उक्त प्रतिबन्द थियो।
चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाईदै आएको छ।