आर्थिक क्षेत्र सबल बनाउन सके मात्रै राजनीतिक उपलब्धीको रक्षा हुन्छ-अर्थमन्त्री पौडेल

आर्थिक क्षेत्र सबल बनाउन सके मात्रै राजनीतिक उपलब्धीको रक्षा हुन्छ-अर्थमन्त्री पौडेल
+
-

काठमाडौँ-अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिहरुको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको बताएका छन्।

निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्र सबल बनाउन सकेमात्रै राजनीतिक उपलब्धिहरुको रक्षा गर्न सम्भव हुने बताएका हुन्।

राजनीतिक उपलब्धिहरुमा मात्रै गौरब नगरी उत्पादनमा वृद्धि, रोजगारीका अवशर सिर्जना गरी सुदृढ अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले बताए।

सरकार र निजि क्षेत्र एउटै डुंगाका यात्री हुन भन्ने मान्यताका साथ अगाडी बढ्ने प्रतिवद्धता पनि उनले गरेका थिए। महासंघले उत्पादन वृद्धिका लागि जमिन, भूमि लिज भाडामा ल्याउन छुट्टै कानून ल्याउनुपर्ने माग गरेको छ।

यस्तै वन क्षेत्र, प्रयोगविहिन सरकारी जग्गाहरुको उपभोगका लागिलिन कानूनको आवश्यकता रहेको पनि महासंघले बताएको छ। निर्यातजन्य उद्योगलाई निर्यातमा पुनरकर्जा दिने स्पष्ट भएपनि व्यवसायीहरुले सुविधा नपाएको गुनासो गरेका छन्। पुर्नकर्जाको समयावधि पनि थप तीन वर्ष गरिनुपर्ने महासंघको माग छ।

निर्यात उद्योगका लागि ल्याइने कच्चा पदार्थ पश्मिना, धागोमा भन्सार दस्तुर १ प्रतिशत शुल्क गरिएकोमा सो अनुसार भन्सार महशुल उद्योगहरुले सुविधा पाएको र ट्रडिङ हाउसलाई पनि सोही अनुसार कायम गर्नुपर्ने लगायत बुँदे पत्र महासंघले अर्थमन्त्रीलाई बुझाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?