नेपालगञ्जमा नेपाल र भारतका मन्त्रीले गरे एकीकृत जाँच चौकीको शिलान्याश

नेपालगञ्जमा नेपाल र भारतका मन्त्रीले गरे एकीकृत जाँच चौकीको शिलान्याश
+
-

नेपालगञ्‍ज-नेपाल र भारतका मन्त्रीले नेपालगञ्जमा एकीकृत जाँच चौकीको शिलान्यास गरेका छन्।

नेपालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतका बाणिज्य तथा उद्योग मन्त्री पियूष गोयलले नेपालगञ्जको दशगजा नजिक बन्न थालेको एकीकृत जाँच चौकीको शिलान्यास गरेका हुन् । यहाँ आयोजित एक कार्यक्रमका बीचमा नेपालका मन्त्री श्रेष्ठ र भारतका मन्त्री गोयलले भिडियो कन्फ्रेसमार्फत चौकीको शिलान्यास गरेका हुन् ।

एकीकृत जाँच चौकीको शिलान्यास गर्दै नेपालका शहरी विकास मन्त्री श्रेष्ठ र भारतका बाणिज्य तथा उद्योग मन्त्री गोयलले एकीकृत जाँच चौकीको निर्माणपछि नाकामा सहज हुने बताए । एक अर्काको सहयोग आदान प्रदानले नेपाल र भारतका बीचमा आपसी समझदारी र भाइचारा बढाउने मन्त्रीद्वयको विश्वास थियो ।

भारतले १५ वर्षअघि नेपालका चार ठाउँमा एकीकृत जाँच चौकी निर्माण गरिदिने सम्झौता गरेको थियो । त्यही सम्झौता अनुसार वीरगञ्ज र विराटनगर एकीकृत जाँच चौकी निर्माण भइसकेका छन् । नेपालगञ्ज र भैहरवामा बन्न बाँकी नै रहेको छ ।

नेपालगञ्जमा दुई अर्ब ३५ करोडको लागतमा एकीकृत जाँच चौकी निर्माण हुन थालेको हो। ८७ विगाह जमिनमा चौकी बन्दैछ ।

शिलान्यास कार्यक्रममा भने सांसद महेश्वर गहतराज, प्रदेश सांसदद्वय बाबुराम गौतम र मो. याकुव अन्सारी नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलगायतको उपस्थिति थियो । भूमिपूजन गरेर चौकीको शिलान्यास गरिएको छ। चौकी दुई वर्ष भित्र बनिसक्ने भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?