
काठमाडौँ- कोरोना संक्रमितको उपचारलाई सहज बनाउन अमेरिकाले नेपाल सरकारलाई एक सय थान भेन्टिलेटर प्रदान गरेको छ।
नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले शुक्रबार ती सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरे। नेपाल सरकारको तर्फबाट स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेन्टिलेटर लिएका हुन्।
नेपालमा कोरोना संक्रमितको बृद्धीसँगै गम्भिर बिरामी हुनेपनि बढ्दैछन्।