
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा सुधारका अभियान्ता डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभाको कामना गरेका छन्।
कोरोना संक्रमित डा. केसीको प्रधानमन्त्री ओलीले शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
साथै डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।
डा. केसीको महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ।
कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।— K P Sharma Oli (@kpsharmaoli) November 14, 2020