कोरोनाका कारण १४९ वर्षदेखि हुँदै आएको ऐतिहासिक जौलजीवि मेला यो वर्ष भएन

कोरोनाका कारण १४९ वर्षदेखि हुँदै आएको ऐतिहासिक जौलजीवि मेला यो वर्ष भएन
+
-

दार्चुला-कोभिड–१९ को सङ्क्रमका कारण १४९ वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक जौलजीवि मेला यो पटक आयोजना भएन्।

भारत पिथौरागढको पिथौरागढ जोलजीविमा हरेक वर्ष १४ नोभेम्बर अर्थात कात्तिक २९ गतेबाट ऐतिहासिक जौलजीवि शुरु हुने गरेको थियो ।

काली र गोरी नदीको संगमस्थलमा १८७१ मा अस्कोटका तत्कालिन राजा पुष्कर पालले ज्वालेश्वर मन्दिर स्थापना गरेर मेलाको शुरुवात गरेका थिए। सानो मन्दिर स्थापना गरेर शुरु भएको मेला अहिले अन्तर्राष्ट्रिय स्तरको व्यापारिक स्थलका रुपमा चिनिएको छ ।

विसं १९६२ भन्दाअघि यो मेलामा तिब्बती व्यापारी आउने गर्दथे । भारत–चीन युद्धपछि तिब्बती व्यापारी जौलजीवि आउन छाडेका हुन्।

स्थानीय व्यापारीले तिब्बतबाटै ल्याएका मालसामान मेलामा बिक्री गर्दै आएका छन् । यो पटक कोरोनाका कारण दुवैतर्फ मेला नलगाउने निर्णय भएको मालिकार्जुनवडा नं ७ का वडाअध्यक्ष लोकेन्द्रसिह धामीले जानकारी दिए।

पछिल्लो समय स्थानीय सरकार आएपछि नेपालतिर पनि ऐतिहासिक मेला लाग्दै आएको थियो । नेपालमा औपचारिक रुपमा मंसिर १ गतेबाट मेला लाग्ने गरेको थियो । भारतमा ऐतिहासिक रुपमा यो मेला दुई सातासम्म लाग्ने गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?