आख्यानकार विकलको पूर्ण कदको शालिक अनावरण

आख्यानकार विकलको पूर्ण कदको शालिक अनावरण
+
-

काठमाडौँ-वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको शालिक गोकर्णेश्वर नगरपालिका वडा नं.९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्राङ्गणमा अनावरण गरिएको छ।

विकलको ९२ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उनको पूर्ण कदको शालिक अनावरण गरे। नगरपालिकाको रु १५ लाख आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेलले सो शालिक बनाएका हुन।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले साहित्य विकासका लागि नगरपालिकाले गत वर्ष जस्तै चालु आर्थिक वर्षमा बृहत् साहित्यिक कार्यक्रमका लागि बजेट विनियोजन गरिएको र आगामी दिनमा पनि नगरपालिकाका साहित्यिक संस्थाको सुदृढीकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठानका कुलपति केके कर्माचार्य, नगर उपप्रमुख शान्ति नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, विकलका ज्येष्ठ सुपुत्र एवं प्रतिष्ठानका महासचिव विजय चालिसे, डा विदुर चालिसे, शान्ति रिसाल, विकलका कनिष्ठ पुत्र महेन्द्र चालिसे, भैरव अर्याल पुरस्कार गुठीका विमल अर्याललगायतले विकलको साहित्यिक व्यक्तित्वको चर्चा गरेका थिए।

विकलले साहित्यसँगै संगीत, चित्रकला तथा समाजसेवामा समेत योगदान दिनुभएको छ । विकलको स्मृतिलाई चिरस्थायी बनाउन विसं २०६३ मा उहाँ जीवित हुँदै प्रतिष्ठान स्थापना गरिएको हो । विकलले आफू बसेको घरसमेत प्रतिष्ठानलाई हस्तान्तरण गरेका थिए। विसं २०७२ को भूकम्पले भत्किएको भवन पुनःनिर्माण गरी पुस्तकालय र सङ्ग्रहालयसमेत स्थापना गरिएको छ।

सोही अवसरमा अभिनव साहित्य समाजले आयोजना गरेको विकल बाल प्रतिभा कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा क्रमश: विभूति अधिकारी, इन्दिरा थापा र सदिष्मा अधिकारी पहिला, दोस्रा र तेस्रा भएका थिए। यसअघि आरुबारी चोकमा रहेको चालिसेको अर्धकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीसहित स्थानीय बुद्धिजीवी तथा साहित्यप्रेमीले माल्यार्पण गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?