आगलागी हुँदा लाखाैँकाे क्षति

आगलागी हुँदा लाखाैँकाे क्षति
+
-

जनकपुरधाम – सर्लाहीको विभिन्न स्थानमा आगलागी हुँदा करिब २९ लाखको क्षति भएको छ।

दीपावलीको रात मैनबत्तीबाट आगो सल्की तथा विद्युतीय सर्टसर्किट भइ आगलागी हुँदा करिब २९ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

शनिबार राति सर्लाहीको गोडैता नगरपालिका वडा नं. ८ स्थित रोकी राखेको ना.७ ख.३५१५ नं. को बसमा बसकै ब्याट्रीको करेन्ट सट भई आगलागी हुँदा अन्दाजी ८/१० लाख बराबरको क्षति भएको प्रवक्ता कुँवरले जानकारी दिए।

त्यस्तै सर्लाहीको ब्रहम्पुरी गाउँपालिका वडा नं. १ बस्ने निरज साहको गोठ घरमा बालेको मैनबत्तीबा आगलागी हुँदा गोठमा रहेको एक पाडो, चारवटा बाख्रा मरेका छन्।

सर्लाहीको बाग्मती नगरपालिका वडां. १ डुमाजोर बस्ने सुनिल तामाङको घरमा लक्ष्मी पूजा गर्न बालेको मैनबत्तीका कारण काठको कच्ची दुई तल्ले घर पूर्ण रुपमा जली नष्ट भएको छ। यस्तै घरमा रहेको अनपात, काठ, फर्निचर गरी अन्दाजी ८ लाख बराबरको क्षति भएको छ।

सर्लाही बरहथवा नगरपालिका वडा नं. ७ स्थित बरहथवा बजारमा मोहमद मफुज आलमको आरसी कम्प्लेक्समा, मनोज कुशवारले संचालन गरेको गन्तव्य शु-सेन्टरमा विधुतिय सर्ट सर्किट भई आगलगी हुदाँ करिब १० लाख मूल्य बराबरको जुत्ता चप्पलहरु जलेर नष्ट भएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?