आगलागीका कारण पर्सामा १५ वर्षे किशोरीको मृत्यु

आगलागीका कारण पर्सामा १५ वर्षे किशोरीको मृत्यु
+
-

वीरगञ्ज – आगलागीमा परि शनिबार राति पर्साको बहुदरमाईमा १५ वर्षकी एक किशोरीको मृत्यु भएको छ।

आगलगीका कारण बहुदरमाइ नगरपालिका–८ रामनगरीका मनबोध साहकी १५ वर्षकी छोरी मनाकुमारी साहको मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष पुनिलाल साह तेलीले जानकारी दिए ।

शनिबार रति करिब १० बजे साहको घरमा बालिएको दियोबाट आगालागी भएको थियोे । आगलागी हुँदा घरमै सुतिरहेकी किशोरी साहको जलेर मृत्यु भएको थियो । घरका अन्य सदस्य भने भागेर ज्यान जोगाउन सफल भए ।

आगलागीले फुसको घरमा रहेको लत्ताकपडा, खाद्यन्न लगायतका सामानहरु जलेर नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको तेलीको भनाई छ। नगरपालिकासँग आफ्नै दमकल नभएकोले समयमै दमकल पुग्न सकेको थिएन ।

स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएको वडाध्यक्ष तेलीले बताए । मृतक किशोरीको शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?