भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने

भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने
+
-

काठमाडौँ–रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर यसवर्षको भाइटीकाका दिन (सोमबार) खुल्ने भएको छ।

भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिए।

२०७२ साल वैशाख १२ गते गएको बिनासकारी भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक खुल्न लागेको हो।

भाइटीकाका दिनमा मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको उनले बताए।

बालगोपालेशवर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गरिन्छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पूर्ननिर्माणको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर भाइटीकाको अवशर पारेर मंसिर १ र २ गते गरी दुई दिन खुला गरिने बताए। प्रमुख शाक्यले एक गते भाइटीका मान्नेहरुलाई एक गते र दुई गते मान्नेहरुका लागि दुई गते दर्शनको व्यवस्था गरिएको बताए।

भाइटीकाकै लागि महानगरपालिकाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली बनाएको छ । अहिले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले कडा सुरक्षा गरिएको उनले बताए।

स्वयमसेवक परिचालन गरी दर्शन गर्न आउनेहरुको ज्वरो नाप्ने र मास्क समेत वितरण गर्ने उनले बताए।

मेयर शाक्यले टीका लगाउने बाहेक घुम्न आउनेहरुलाई स्वास्थ्यको जोखिमलाई ध्यानमा राखी नआउन पनि आग्रह गरे।

महानगरपालिकाले छिट्टै सबैका लागि रानीपोखरी खुला गर्ने तयारी गरेको उल्लेख गर्दै मेयर शाक्यले संक्रमणको जोखिम कायम रहँदासम्म सतर्कता अपनाउन आग्रह गरे।

मन्दिर पुरानै शैली (ग्रन्थकुट शिखर) मा पुनःनिर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?