बिहारमा लगातार चौथोपटक नीतिश कुमारले मुख्यमन्त्री बन्दै, आज शपथ लिने

बिहारमा लगातार चौथोपटक नीतिश कुमारले मुख्यमन्त्री बन्दै, आज शपथ लिने
+
-

भारतको बिहार राज्यको मुख्यमन्त्रीका रुपमा नीतिश कुमारले सोमबार शपथ लिँदैछन्। नेपाली समय अनुसार साँझ पौने ५ बजे हुने शपथ समारोहमा भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रसाद (जेपी) नड्डा र केन्द्रीय गृहमन्त्री अमित शाह सहभागी हुँदैछन्।

जनता दल (युनाइटेड) का नीतिशले बिहारको मुख्यमन्त्रीका रुपमा लगातार चौथो कार्यकाल जिम्मेवारी सम्हाल्न लागेका हुन्। केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन नेसनल डेमोक्र्याटिक अलायन्स (एनडीए) ले गत साता सम्पन्न भएको निर्वाचनमा बहुमत प्राप्त गरेको थियो। एनडीएले नीतिशलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको थियो।

तर पार्टीगतरुपमा भने भाजपाले जनता दल युनाइटेडभन्दा बढी सिट जितेको थियो। तर आइतबार एनडीएका नेताहरुको भेलाले नीतिशलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

गठबन्धनमा उपमुख्यमन्त्रीको भाग पाएको भाजपाले तारकिशोरलाई पठाउने भएको छ। यसअघि पछिल्लो कार्यकालमा भाजपाका सुशीलकुमार मोदी उप मुख्यमन्त्री रहेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?