दुई प्रदर्शनकारीको मृत्यु भएपछि पेरुका कार्यबाहक राष्ट्रपतिद्धारा राजीनामा

दुई प्रदर्शनकारीको मृत्यु भएपछि पेरुका कार्यबाहक राष्ट्रपतिद्धारा राजीनामा
+
-

महाअभियोग लगाएर हटाइएका राष्ट्रपति मार्टिन भिज्काराका समर्थकले देशव्यापी रुपमा आन्दोलन मच्चाइरहेका बेला पेरुमा कार्यबहाक राष्ट्रपति म्यानुएल मारिनोले पदबाट राजीनामा दिएका छन्।

प्रदर्शनका क्रममा शनिबार प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएपछि मारिनोमाथि थप दबाब बढेको थियो। राजीनामाको घोषणा गर्दै  मारिनोले आफूले कानुनले दिएको अधिकार मात्र प्रयोग गरेको बताएका छन्। मारिनोले गत मंगलबार मात्र कार्यबहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।

महाअभियोग लगाएर भिज्कारालाई हटाइएयता प्रजातन्त्र पक्षधरहरुले एक सातायता पेरुमा प्रदर्शन गरिरहेका छन्। तर शनिबार प्रदर्शनकारीको ज्यान गएको हो।

मानव अधिकारवादी संघसंगठनले शनिबारको प्रदर्शनयता ४० भन्दा बढि प्रदर्शनकारी बेपत्ता रहेको दाबी गरेका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले ९० जनाभन्दा बढि घाइते भएको र उनीहरुको उपचार भइरहेको जनाएको छ।

सरकारको निर्देशनमा सुरक्षाअधिकारीले प्रदर्शनमाथि व्यापक दमन गरेको प्रदर्शनकारी पक्षको आरोप छ। संसदका एक सय ३० सदस्यमध्ये घुस प्रकरणको आरोप लागेका भिज्काराविरुद्ध एक सय ५ जनाले महाअभियोगको पक्षमा मतदान गरेका थिए। पेरुमा आगामी वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?