छठ पर्वको लागि केरा किन्नेकाे भीड, आयातमा कमि

छठ पर्वको लागि केरा किन्नेकाे भीड, आयातमा कमि
+
-

जनकपुरधाम – मिथिलाञ्चलसहित तराईँ मधेसमा मनाइने छठ पर्वको लागि बजारमा फलफूल किन्नेहरुको चहलपहल बढेको छ।

आज देखि सुरु भएको छठ पर्वको लागि सबैभन्दा बढी महत्वपूर्ण फलको रुपमा रहेको केरा किन्नेहरुको बजारमा भीड लागे पनि मागमा कमि आएको छ।

जनकपुरधामस्थित रहेको फलफूल मण्डीमा केरा किन्न आउनेहरुको भीड बढेको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोेग हुने केरा किन्नेहरुको भीड लागेको छ। गत वर्षको तुलनामा दोब्बरले बृद्धि भएको छ।

गत वर्ष ३ सय ५० देखि ७ सय सम्ममा भेटेको केराको घौर (घडी) यस पटक ७ सय देखि १ हजारसम्म बिक्री भइरहेको केरा व्यवसायीहरुले बताएका छन्। केही साता अगाडि मात्र ४० देखि ५० रुपैया प्रति दर्जन बिक्री हुने केरा छठ पर्वको पूर्व सन्ध्यामा ७० देखि ८० रुपैयाँसम्म पुगेको छ।

मागको तुलनमा केराको आयात कम भएकोले पनि मूल्य महँगीएको जनकपुरधामस्थित फलफुल मण्डीका पूर्व महासचिव भूवनेश्वर पूर्वेले बताए । उनले भने, ‘पछिल्लो पटक हामीले ८० ट्रक केरा आयात गरेका थियौँ भने यस वर्ष ६० ट्रक केरा मात्र आयात गरिएको छ ।’

यो वर्ष ३ करोडको केरा आयात गरिएको उनले बताए । धनुषा जिल्लामा छठ पर्वको लागि चम्पा केरा, मिर्चमान केरा, गोपाल केरा लगायतका केरा आउने गर्दछ । यस पटक जनकपुरधाम बजारमा नेपालबाट समेत केरा आयात गरिएको छ । यस वर्ष नवलपरासीको त्रिवेणी र भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट केरा आयात गरिएको छ ।

यस वर्ष भारतबाट करिब २ करोड मूल्य बराबरको केरा आयात गरिएको छ भने नवलपरासीबाट एक करोड रुपैयाँ बराबरको २१ ट्रक केरा छठ पर्वमा बिक्री गर्न आयात गरिएको फलफूल व्यवसायी जागेश्वर साहले बताए ।

उनले भने, ‘भारतबाट आयात गरिएको केरा सस्तो परे पनि नेपालमा भित्र्याउँदा भन्सार तिर्दा महँगो परेको छ ।’

फलफूल व्यवसायी साहका अनुसार पहिले ७ प्रतिशत मात्र भन्सार शुल्क लाग्थ्यो भने यस पटक बढेर १३ प्रतिशतसम्म पुगेको छ ।

भन्सार शुल्क, ढुवानी खर्च र विषादी चेकजाँच लगायतमा खर्च बढी परेकोले भारतबाट सस्तोमा खरिद गरिएको केरा नेपालकै केराको मूल्य बराबर पर्न गएको साहले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?