
काठमाडौँ – नेकपाको केन्द्रीय सचिवालय बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।
एक बजे बस्ने बैठकका लागि प्रचण्ड १५ मिनेट पहिले नै बालुवाटार पुगेका हुन्।
बुधबारको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अर्का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुँदैछन्।
बैठकमा सहभागी नहुने अडान लिँदै आएका ओली रक्षात्मक बनेपछि नेकपा भित्रको तनाव तत्कालका लागि केही मत्थर हुने संकेत देखिएको छ।