छठको दोस्रो दिन खरना विधि समपन्न, भोलि अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिइने

छठको दोस्रो दिन खरना विधि समपन्न, भोलि अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिइने
+
-

जनकपुरधाम-मिथिलाञ्चलको लोक आस्थाको पर्व छठको दोस्रो दिन खरना विधि गरिएको छ । बुधबारबाट सुरु भएको छठको दोस्रो आज साँझ व्रतालुहरुले इष्टदेवलाइ पूजा अराधना गरी खरना विधि सम्पन्न गरेका छन्।

माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्यको रुपमा दिइएको छ । खरनामा छठपर्वको मुख्य दिन चढाउने अर्घ जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा रहेको छ।

खरनामा चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि ब्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना भन्ने गरिन्छ।

छठको दोस्रो दिन हुने खरनामा बनेको खिर खाए पश्चात ब्रतालुहरु छठको चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घदिई खाना खान्छन् । यस अवधिमा ब्रतिहरु पानी समेत खाँदैनन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने यो पर्वमा सम्पुर्ण शक्तिको स्रोत सुर्यको उपासना गर्ने गरिन्छ।यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि विधिवत रुपमा पर्व समापन हुनेछ।

यस पर्वको लागि जनकपुरधाम सहित ग्रामिन भेगहरुमा पोखरी तथा पानीको मुहार भएको क्षेत्रलाई सिँगारिएको छ।छठ पर्वमा जनकपुरधाममा अत्याधिक भिड हुनेगरेकोले यसलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पोखरी नै पोखरीको शहरको रुपमा चिनिएको जनकपुरधामका प्रमुख पोखरीहरुमा छठ पूजाको लागि टेन्ट र पण्डाल लगाइएको छ। यहाँको गंगासागर, दशरथ तलाउ, अरगजासर, नोचा पोखरी लगायतको दर्जनौ पोखरीहरु सजाइएको छ। गंगासागर, दशरथतलाउ लगायतका पोखरीमा खरनाकै रातिमा ब्रतिहरु अर्घमा दिइने प्रसाद लिएर छठ घाटमा पुग्ने गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?