
भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लामा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ।
विषाक्त मदिरा सेवनका कारण अन्य १५ जना गम्भीर बिरामी परेका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
मृतकका परिवारका अनुसार बिहीबार साँझ गाउँको एक पसलबाट उनीहरुले मदिरा किनेका थिए।
प्रहरीले विषाक्त मदिरा बिक्रेता, उनका भाइ र एक सेल्सम्यानलाई पक्राउ गरेको छ।