शंखधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण

शंखधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण
+
-

काठमाडौँ– राष्ट्रिय विभूति शंखधर साख्वा र प्रजातान्त्रिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’मा निर्माण गरिएको साख्वा र तुलाधरको शालिक अनावरण गरेका हुन्।

शालिक अनावरणपछि सहरी विकासमन्त्री श्रेष्ठले साख्वा र तुलाधर दुबै इतिहास पुरुष भएको बताए। नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌का रुपमा स्थापित गर्ने भन्नेमा कसैले पनि विमति नराख्ने उल्लेख गर्दै उनले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी साख्वा र तुलाधारको शालिक निर्माण हुनु इतिहासको सम्मान भएको बताए।

महानगरपालिकाका प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्तिहरुलाई चाहेर पनि बिर्सन नसकिने बताए। उपत्यकाबासीका लागि शंखधर र पद्मरत्न सबै मनमुटुमा रहेको उल्लेख गर्दै मेयर शाक्यले उनीहरुलाई सधैँ सबैले चिन्न र देख्न सकुन् भन्नेर सम्मान स्वरुप पार्कभित्र शालिक निर्माण गरिएको बताए।

कार्यक्रममा वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुँयाल, सहरी विकास राज्यमन्त्री रामविर मानन्धर, महानगर उपप्रमख हरिप्रभा खड्गी पनि सहभागि थिए।

पछिल्लो समय विगतमा राजा र रानीहरुका नाममा रहेका संरचनाहरुलाई भत्काएर राष्ट्रिय व्यक्तित्वहरुको नामबाट नामाकरण गर्ने प्रचलन बढेको छ। त्यसैअनुसार लामो समयदेखि रत्नपार्कको नामले चिनिएको पार्कको नाम राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट नामाकरण गरी आज साख्वा र तुलाधरको शालिक अनावरण गरिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष