३९ वर्षे इब्राहिमोविचको दुई गोलको सहयोगमा एसी मिलानको शानदार जित

३९ वर्षे इब्राहिमोविचको दुई गोलको सहयोगमा एसी मिलानको शानदार जित
+
-

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले नापोलीलाई पराजित गरेको छ ।

अवे मैदानमा भएको खेलमा एसी मिलानले नापोलीमाथि ३–१ को जित दर्ता गरेको हो । मिलानका लागि जाल्टन इब्राहिमोविचले दुई तथा यन्स पिटर हाउगेले एक गोल गरे । नापोलीका लागि ड्रिएस मर्तेन्सले एक गोल फर्काए ।

२० र ५४ औँ मिनेटमा गोल गरि ३९ वर्षे इब्राहिमोविचले एसी मिलानलाई अग्रता दिलाए । उनले यो सिजन लिगका ६ खेलमा १० गोल गरिसकेका छन् ।

६३ औँ मिनेटमा मर्तेन्सले नापोलीका लागि एक गोल फर्काए । ६५ औँ मिनेटमा बाकायोको दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि नापोली १० खेलाडीमा सीमित भयो । यन्स पिटरले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरि एस मिलानलाई ३–१ को जित दिलाए ।

जितपछि शीर्ष स्थानको एसी मिलानको ८ खेलबाट २० अंक भएको छ । आइतबार राति नै भएको खेलमा हेलास भेरोनालाई २–० ले पराजित गरेको सासुओलो १८ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै पार्मालाई ३–० ले पराजित गरेको रोमा १७ अंकसहित तेस्रो स्थानमा रहेको छ । १६ अंक रहेको युभेन्टस चौथो स्थानमा झरेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष