
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सोमबार इलाम र ताप्लेजुङ्गको भ्रमणमा गएका छन् ।
उनी हेलिकप्टर मार्फत त्यस तर्फ लागेका हुन् ।
उनले ताप्लेजुङ्गमा उनले चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरिक्षण गर्ने छन् । उनले घुम्चामा बनेकाे स्वास्थ्य चौकीको समेत उद्घाटन गर्ने छन् ।
यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने छन् । उनले सशस्त्र प्रहरीकाे बीओपीको निरीक्षण समेत गर्ने छन् ।
ओलीले यसअघि गएको कात्तिक २६ गते चीनसँग सीमा जोडिएको संखुवासभाको किमाथाङ्का नाकाको अवलोकन गरेका थिए ।