महानगरीय ट्राफिक महाशाखा प्रमुखमा जनकराज भट्टराई

महानगरीय ट्राफिक महाशाखा प्रमुखमा जनकराज भट्टराई
+
-

काठमाडौँ-काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका हुन।

महाशाखामा सोमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाइ गरिएको छ। विदाइ समारोहमा ढकालले आफ्नो कार्यकालमा आफूले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेको दावी गरे।

ट्राफिक व्यवस्थापनका लागि आफूले गरेको प्रयासहरु सफल रहेको उनले बताए।

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना कम गर्न भएका कामहरुलाई आफूले निरन्तरता दिने बताए। विगतमा पनि आफूले महाशाखाका अन्तरगत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफूले पहिलो प्राथमिकतामा राख्ने बताए।

ढकालको प्रहरी प्रधान कार्यालय अन्तर्गत अपराध अनुसन्धान विभागमा सरुवा भएको हो। उनले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गरेका थिए।

सोमबार नै अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको छ । यसैगरी देशैतिहार र त्यो भन्दा अगाडीको समयमा चोरी भएका २४ वटा मोटसाइकल सवारी धनीलाइ हस्तान्तरण गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष