हामीले नक्कली रिपोर्ट दिएका छैनौँ: स्टार अस्पताल

हामीले नक्कली रिपोर्ट दिएका छैनौँ: स्टार अस्पताल
+
-

काठमाडौँ– सानेपास्थित स्टार अस्पतालले कोरोना भाइरस संक्रमण व्यक्तिको स्वाब नै नलिइ नेगेटिभ रिपोर्ट दिएको आरोपको खण्डन गरेको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालले परिक्षण नै नगरी कोरोना भाइरसको रिपोर्ट नेगेटिभ दिएको भन्ने तथ्य निराधार रहेको अस्पतालका मेडिकल डाइरेक्टर शायल रुपाखेतीले बताए।

प्रारम्भिक चरणमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउन सक्ने बताए।

उनले भने, ‘हामीले अस्पतालमा चेक गर्दा पनि पहिले टेगेटिभ आएका रिपोर्ट पछि पोजेटिभ पनि आएका तथ्यहरु छन्। स्वाब दिइसकेपछि यात्रा गर्ने क्रममा पनि संक्रमण हुनसक्ने तथ्यलाई हामीले नर्कान सक्न सकिँदैन। हामीले स्वाब नलिई नेगेटिभ रिपोर्ट दिएका छैनौँ।’

स्टार अस्पतालले कुनै नक्कली रिपोर्ट नदिएको र उक्त कुरालाई छानबीन समितिले पनि पुष्टि गरेको उनले बताए।

पर्यटन मन्त्रालयले कार्तिक २८ गते केही ल्याबहरुबाट आएको कोरोना रिपोर्ट नेगेटिभ देखिएका व्यक्तिहरु हङकङ पुगेपछि उनीहरुको पुनः कोरोना परीक्षण गर्दा पोजेटिभ आएपछि स्वास्थ्य मन्त्रालयलाई छानबिनका लागि पत्राचार गरेको थियो।

परीक्षणपछि गरिएको यात्राका क्रममा पनि कोरोना संक्रमण हुनसक्ने भएकाले अस्पताललाई दोष दिन नमिल्ने मेडिकल डाइरेक्टर रुपाखेतीले बताए।

केही समयअघि नेपाल वायु सेवा निगमको हङकङ उडानका क्रममा ९ जनामध्ये ३ जनाको पीसीआर परीक्षण स्टार अस्पतालमा गरिएको थियो। ती सबैमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनले पीसीआर परीक्षण आफैमा शत प्रतिशत नभएको र विश्वभर नै ६७ देखि ७० प्रतिशत मात्रै सहि रिपोर्ट आउने गरको बताए।

यस्तै मेडिकल डाइरेक्टर रुपाखेतीले अरु देशमा जस्तो बाह्य व्यक्तिहरुको प्रवेश हुँदा विमानस्थलमा कोरोना परीक्षणको व्यवस्था गर्नुपर्ने बताए।

भिडियो हेर्नुहोस्:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष