कोरोनाले थलिएको ठमेलमा चहलपहल बढ्यो

कोरोनाले थलिएको ठमेलमा चहलपहल बढ्यो
+
-

काठमाडौँ– कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ।

बाह्य पर्यटक छिटफुट मात्रै देखिए पनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्दै गएको देखिन्छ। ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीहरुले पनि चहलपहल विस्तारै बढ्दै गएको बताएका छन्।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत महिनादेखि लकडाउन भएपछि पर्यटकीय बजार ठमेल पनि प्रभावित भयो।

विमानस्थल बन्द भएपछि पर्यटकहरुको आवागमन रोकियो। सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि पनि लामो समय विमानस्थल सञ्चालन नहुँदा पर्यटकहरु नेपाल आउन सकेनन्। त्यसैले पनि ठमेलमा पर्यटकहरु देखिएनन्।

पछिल्लो समय पर्यटन क्षेत्रलाई सुचारु गरिए पनि सरकारी मापदण्डका कारण पर्यटकहरु आउन सकेका छैनन्। त्यसैले पनि ठमेल क्षेत्र पर्यटकविहीन बनेको छ। तर केही दिन यता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन्। त्यस्तै होटल क्षेत्रमा पर्यटकहरुले बुकिङका लागि सोधपुछ गरिरहेको होटल व्यवासयीहरुले बताएका छन्।

पर्यटन व्यवसायीहरुले भने कोभिड रोकथाममा पर्यटकका लागि तयार पारिएको मापदण्डका कारण पर्यटकहरु आउन नसकेको बताएका छन्। सरकारले नेपालमा अएपछि क्वारेन्टिन नबसिकन पीसीआर परीक्षण गरी घुम्न जाने व्यवस्था गर्ने हो भने पर्यटकहरु आउन सक्ने पर्यटन व्यवसायीको भनाइ छ।

विदेशी पर्यटकका लागि ठमेल पहिलो गन्तव्य हो। त्यसैले ठमेलमा पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएका व्यवसाय धेरै छन्। पर्यटक नै नभएपछि ती व्यवसायहरु समस्यामा परेको व्यापारीहरुले बताएका छन्। कतिपय व्यवसाय बन्द भइसकेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष