प्रदेश-१ मा ३७२ जना संक्रमित थपिए, १३८ जना डिस्चार्ज

प्रदेश-१ मा ३७२ जना संक्रमित थपिए, १३८ जना डिस्चार्ज
+
-

मोरङ-मोरङ्गमा १ सय ५९ सहित प्रदेश १ मा ३ सय ७२ जना कोरोना संक्रमित थप भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार गरिएको १ हजार २ सय ३८ जनाको पीसीआर परीक्षणका क्रममा सो संक्रमित संख्या थप भएको हो। जसमा १ सय ४७ महिला र २ सय २५ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

यसक्रममा मोरंगमा १ सय ५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा समान १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश १ राजधानी विराटनगर महानगरपालिकामा ४७ महिला र ७४ पुरुष गरि कुल १ सय २१ जनामा संक्रमण देखिएको छ।

मोरङको लेटाङ, बेलबारी नगरपालिका र बुढीगंगा गाँउपालिकामा समान ६, रंगेली नगरपालिकामा ४, उर्लाबारी र रतुवामाई नगरपालिकामा समान ३, सुन्दरहरैचा नगरपालिका र कटहरी गाँउपालिकामा समान २, मिक्लाजुङ, ग्रामथान र धनपालथान गाँउपालिकामा समान १, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएकोछ।

झापाको झापा गाउँपालिकामा ३४, भद्रपुर नगरपालिकामा २२, दमक नगरपालिकामा ११, विर्तामोड नगरपालिकामा १०, अर्जुनधारा नगरपालिकामा ५, कनकाई, मेचीनगर, शिवसताक्षी, गौरादह, नगरपालिकासंगै बुद्धशान्ति, हल्दिबारी गाँउपालिकामा समान २ र गौरीगञ्जसंगै स्थानीय तह नखुलेकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले प्रस्टाएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा २८, धरान उपमहानगरपालिकामा १३, रामधुनी र इनरुवा नगरपालिकामा समान ५, दुहवी नगरपालिकामा २, भोक्राहानरसिंह र गढी गाँउपालिकामा समान १ र स्थानीय तह नखुलेकामा २ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

पहाडी क्षेत्रमा संखुवासभाको खाँदबारी नगरपालिकामा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ गाँउपालिका र देउमाई नगरपालिकामा समान १, पाँचथरको फिदिम नगरपालिकामा ४, भोजपुरको अरुण गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १, ते¥हथुमको लालीगुराँस नगरपालिकामा १, उदयपुरको कटारी नगरपालिकामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २६ हजार २ सय ५२ पुगेको छ। अर्कोतर्फ प्रदेशमा बुधबार १ सय ३८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार प्रदेशका विभिन्‍न स्थानका होमआईसोलेसेनबाट १३७ र झापाको मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २ सय ८९ पुगेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष