निजी क्षेत्रसँग प्रधानमन्त्री ओलीको आग्रहः नेपालमा कमाएर बाहिर लगानी गर्ने उल्टो बाटो नरोजौँ

निजी क्षेत्रसँग प्रधानमन्त्री ओलीको आग्रहः नेपालमा कमाएर बाहिर लगानी गर्ने उल्टो बाटो नरोजौँ
+
-

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पूँजी कमाएर बाहिर लगानी गर्ने उल्टो बाटो नरोज्न निजी क्षेत्रलाई आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य लगानी गर्नुको साटो आफ्नै देशमा लगानी गरी निर्यात बढाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘देशमा भएको पूँजीलाई सबल बनाएर विदेशी लगानी भित्र्याउनु नपर्ने वातावरण बनाउनुस्। यहाँ पूँजी कमाएर बाहिर लगानी नगर्नुस्, देशलाई माया गर्नुस्। आफ्नो देशमा लगानी गरेर निर्यात बढाउनुस्।’

उनले त्यसका लागि सरकार कानुन बदल्न पनि तयार हुने बताए। निजी क्षेत्र उपभोक्ता नभइ उत्पादक बन्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘डिमार्टमेन्टल स्टोरहरुमा हाम्रो सामान छैन,’ उनले भने, ‘हामी उपभोक्ता भयौँ, उत्पादक होइन। त्यसैले उत्पादन बढाउनु पर्‍यो। निर्यात गर्नु पर्‍यो।’

यस्तै उनले निजी क्षेत्रलाई सरकारको गच्छेअनुसार माग गर्न आग्रह गरे। ‘सरकार गरिब होइन। आफ्नो अभिभावकको गच्छेअनुसार माग गर्नु पर्छ।’

‘ग्लोबल फ्रेडसिपको’ अवधारणका साथ अघि बढेर विकासको गतिलाई तिब्रता दिनुपर्ने प्रधानमन्त्री ओलीले बताए।

गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ८.५ प्रतिशतका दरले हुने प्रक्षेपण गरेको भएपनि कोरोना महामारीले शूल्य प्रतिशतको स्थितिमा ल्याएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘अन्य मुलुकको माइनसमा गएको छ। हाम्रो देशको त शून्यमा छ,’ उनले भने।

उनले निजी क्षेत्र तथा सरकार सयुक्त रुपमा अगाडी बढ्नुपर्ने बताए।

यस्तै महासंघकी अध्यक्ष भवानी राणाले राष्ट्रिय सहमतिबाट अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) छिटो पारित गर्न सरकारसँग माग गरिन्।

साधारण सभामा बोल्दै अध्यक्ष राणाले विद्युत प्रसारणलाई प्रभावकारी बनाई निर्यातका लागि एमसीसी परियोजना सहयोगी हुने भएकाले एमसीसी पारितका लागि महासंघले सहयोग गर्ने बताएकी हुन्।

अध्यक्ष राणाले एमसीसीले रोजगारी सिर्जना हुनुका साथै निजी क्षेत्रमा थप सहयोग पुग्ने बताइन्। यसका लागि महासंघ सहयोग गर्न तयार रहेको उनले बताइन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष