प्रदेश -१ मा २२० कोरोना संक्रमित थप, १८८ डिस्चार्ज

प्रदेश -१ मा २२० कोरोना संक्रमित थप, १८८ डिस्चार्ज
+
-

मोरङ-प्रदेश १ मा कोरोना भाइरसका २ सय २० जना नयाँ संक्रमित थप भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार प्रदेशमा ९ सय ११ जनाको पिसिआर परीक्षण गरिएकोमा ८९ महिला र १ सय ३१ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

यसक्रममा झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा समान १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण पुष्टि भएको हो।

झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बा¥हदशी, अर्जुनधारा, झापा गाउँपालिकामा समान २, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी मोरंगको विराटनगर महानगरपालिकामा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा समान ५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको धरानमा १३, इटहरीमा ८, इनरुवा र बराहक्षेत्रमा ६–६, रामधुनी र दुहवीमा समान १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि, पहाडी क्षेत्रतर्फ संखुवासभाको खाँदबारीमा ८, सभापोखरी र स्थानीयतह नखुलेकामा समान १, इलामको सुर्योदय र माईजोगमाईमा समान २, चुलाचुली र मांसेबुङमा समान १, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेकामा समान १, उदयपुरको रौतामाईमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजिटिभ आएकोे छ । यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ७९ पुगेको छ।

अर्कोतर्फ, प्रदेशमा शुक्रबार १ सय ८८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होमआईसोलेसनबाट १ सय ७८, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालबाट ८, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालबाट समान १ जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमित डिस्चार्ज हुनेको संख्या २१ हजार ६ सय ७९ पुगेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष